दुई दिनदेखि जारी नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेता मेटमणि चौधरीले सरकारमा सहभागी हुनुपर्ने र वृहत् कम्युनिस्ट पार्टी गठन गर्नुपर्ने बताएका छन्।
बैठकमा बोल्दै नेता चौधरीले स्थिरताको लागि सरकारमा जानुपर्ने र एमालेमै रहने भए ओलीलाई हटाउन सक्नुपर्ने नभए वृहत् कम्युनिस्ट पार्टी निर्माण गरेर अघि बढ्नु नै विकल्प रहेको सुझाएका हुन्।
त्यस्तै चौधरीले टुटिसकेको जनविश्वासलाई पुनः कम्युनिस्ट आन्दोलनसँग जोड्दै वृहत् कम्युनिस्ट एकताको माध्यमबाटमात्रै पुनः नेपालीको विश्वासमा जित्न सकिने बताएका छन्। कम्युनिस्ट एकता भए नेपालको सबैभन्दा ठूलो पार्टीको रूपमा पुनःस्थापित हुने पनि चौधरीले दाबी गरे।
उनले ओलीसँग एकता गरे के यो एकताले दुईपटक गरिएको प्रतिनिधि सभा बिघटनको विषयलाई लिएर प्रमाणित गर्न सक्छौ? ओलीलाई देखाएर या राखेर जनताका बिचमा मत माग्नको लागि नैतिक हक राख्न सक्छौ ? के हामी संसदीय निर्वाचनमा हाम्रा उम्मेदवारहरूलाई जिताएर जनताका बिचमा स्थापित गर्न सक्छौ? भन्दै बैठकमा प्रश्न समेत गरेका छन्। उनले नेकपा एमालेकोबीचमा एकता गरेर कम्युनिस्ट आन्दोलन नजोगिने बताए।
त्यस्तै चौधरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सांसद अपहरणमा संलग्न रहेको भन्दै मुख्यमन्त्री विरुद्ध सांसद शरीर बन्धक बनाउने अन्तर्गतको मुद्दा चलाई कार्बाही गर्नुपर्ने माग राखेका छन्। साथै, चौधरीले ओलीले एकता गर्न नचाहको भन्दै २४ गतेसम्म नेपाल पक्षले प्रयास गर्नुपर्ने बताए ।





























प्रतिक्रिया