रामचन्द्र पौडेलपक्षीय सभापतिहरू ठमेलमा

रामचन्द्र पौडेलपक्षीय सभापतिहरू ठमेलमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरू काठमाडौंको ठमेलमा भेला भएका छन्।

पार्टीको १४ औं महाधिवेशन हुने/नहुने अन्यौल भएपछि समयमै महाधिवेशन गर्न दबाब दिन जिल्ला सभापतिहरू सोमबार भेला भएका हुन्।

दुई दिन सम्म चल्ने भनिएको भेला ठमेलस्थित यात्री होटलमा सुरु भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन समयमै नगर्न आलटाल गरेको र पार्टीलाई संकटमा पुर्याउने बाटो रोजेको भन्दै वरिष्ठ नेता पौडेल र उनीपक्षीय नेताहरू रुष्ट छन्।

पार्टीलाई संकटबाट जोगाउन सभापति देउवालाई सुझाव र दबाब दिने तयारी स्वरूप भेला गरिएको भेलामा सहभागी एक नेताले बताए।

Logo