टी–ट्वान्टी क्रिकेट : बंगलादेशसँग अष्ट्रेलियाको लज्जास्पद हार

टी–ट्वान्टी क्रिकेट : बंगलादेशसँग अष्ट्रेलियाको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई बंगलादेशले सहजै हराएको छ । गएराति बंगलादेशविरुद्ध पाहुना टोली अस्ट्रेलियाले लज्जास्पद हार व्यहोरेको हो  । पाँच खेलको टी–ट्वान्टी सिरिज घरेलु टिम बंगलादेशले ४–१ ले जित हात पारेको छ ।

उक्त खेलको अन्तिम तथा पाँचौ टी–ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई ६० रनले पराजित गरेको छ । शेर बंगला नेशनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा  पूरै आउट भयो ।

बंगलादेशका बलर चम्किएपछि अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको थियो । सिमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो । 

Logo