बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा रियल सोसीडाडलाई ४-२ ले हराएको हो ।
अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लब छाडेपछि पहिलो प्रतिस्पर्धात्मक खेलमा उत्रिएको बार्सिलोनाले दुवै हाफमा २-२ गोल गरेको थियो ।
यस जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।





























प्रतिक्रिया