राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने तयारी

केन्द्रबिन्दु
0
Shares

मुलुकको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा गर्न सक्षम जनशक्ति तयार गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

काभ्रेको पनौतीमा सञ्चालन हुने सो विश्वविद्यालय सञ्चालन गर्ने सिलसिलामा तयार पारिएको विधेयकको मस्यौदा तयार भइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्व विद्यालयको सङ्काय (फ्याकल्टी) तथा अध्ययन अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकास समेत सुरु भइसकेको बताए ।

आवश्यक पाठ्यक्रम विकासका लागि विभिन्न विषयका चार जना विज्ञ करारमा भर्ना गरी काम अगाडि बढाइएको छ भने थप सातजना विज्ञ करारमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । उनले आर्थिक वर्ष २०८०/२०८१ भित्रमा विश्वविद्यालय सञ्चालनमा ल्याई पहिलो तालिम सुरु गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताए । गोरखापत्र दैनिकमा समाचार छ । 

Logo