नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाव दिएको छ ।
अग्नि खरेलसहितका एमाले नेताहरुले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्वीप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाव दिएका हुन् ।
एमालेका निर्वाचन विभाग प्रमुख खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताए । एमाले फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल एमालेलाई रोहबरमा राखेर काम गर्न सुझाव दिए ।
त्यसैगरी निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुले नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र ल्याउनुपर्ने जानकारी दिए । प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने र भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले आफ्नो विधेयकको बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।
निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।





























प्रतिक्रिया