सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेकाे हाे। जारी गठबन्धनको बैठक सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रीत रहेकाे स्राेतले जनाएकाे छ।
सरकारले गर्ने कार्यबारेसँगै मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुने बताइएकाे छ।
सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी बैठकमा सरकारलाई पूर्णता दिनेसँगै समसामयिक विषयमा पनि छलफल भएको छ।





























प्रतिक्रिया