दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटः नेपालद्वारा पपुवा न्युगिनी १५१ रनले पराजित

दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटः नेपालद्वारा पपुवा न्युगिनी १५१ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपाल १५१ रनले विजयी भएको छ। 

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अल आउट हुँदै ८२ रन मात्र बनाउन सफल भयाे। पीएनजीका लागि टोनी उराले १९ र चार्ल्स अमिनीले १६ रन बनाएका थिए। 

बलिङतर्फ नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे। ५ ओभर १ बल बलिङ गरेका सन्दीपले ११ रन दिएर ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १/१ विकेट लिएका थिए। 

यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २३३ रन बनाएकाे थियाे। 

नेपालका लागि राेहित पाैडेलले अर्धशतकीय पारी खेले। १२३ बल खेलेका राेहितले ८६ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले २६ बलमा ४२ रनकाे याेगदान गरेका थिए। 

बलिङतर्फ पीएनजीका चाद साेपरले तीन विकेट लिए। त्यस्तै नाेरमन भानुआ र कबुआ माेरेले दुई/दुई विकेट लिए। 

यसअघि भएकाे  पहिलाे मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे।

Logo