फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले छ लाख १० हजार सहयोग गरेका छन् । लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उनको परिवारले जनाएको छ ।

उनको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको  समन्वयमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

अहिलेसम्म उपचारमा नौ लाख खर्च भएको तथा अब खर्च धान्ने अवस्थामा परिवार नरहेकाले सहयोग सङ्कलन थालिएको वडाध्यक्ष तामाङले बताए । बेलायतबाट चार लाख १० हजार र इजिप्टबाट दुई लाख सहयोग प्राप्त भएको हो ।

Logo