पार्टी पुनर्निर्माणको लागि सक्षम नेतृत्व छनोट हुनेछ : गगन थापा

पार्टी पुनर्निर्माणको लागि सक्षम नेतृत्व छनोट हुनेछ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी पुनर्निर्माणको लागि सक्षम नेतृत्व छनोट हुने विश्वास व्यक्त गरेका छन् ।

आजबाट सुरु भएको पालिका अधिवेशनका लागि शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनलेसामाजिक सञ्जालमार्फत ट्वीट गर्दै भनेका छन् “अधिवेशन आजबाट प्रारम्भ हुँदैछ। संघीय संरचनामा स्थानीय तहको विकास, पार्टी संगठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु।”

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ नगर अधिवेशन सुरु भएको छ ।
 

Skip This
Skip This
Logo