प्रकाशमान सिंहद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

प्रकाशमान सिंहद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

उनले काठमाडौंमा आयाेजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले भने “अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको छ । १४ औँ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिने हो भने नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुन्छ ।”

लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गर्दै आएका सिंहले अब भने सभापति भएर काम गर्ने चाहना व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo