ओमानसँग नेपालको लज्जास्पद हार

ओमानसँग नेपालको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे । यस्तै फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे । नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए ।

का लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।

Logo