सोमबार बिहान त्रिभुवन विमानस्थल काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको विमान प्राविधिक समस्याका कारण विराटनगर विमानस्थलमा ल्याण्ड हुन सकेन।
विराटनगरमा ल्याण्ड हुन नसकेपछि विमान काठमाडौंमा आएर अवतरण गर्यो तर, अवतरण गर्नुअघि जहाजले काठमाडौंको आकाशमा १० पटकसम्म फन्को मार्यो।
काठमाडौंका आकाशमा जहाज फन्को लगाउँदै गर्दा केन्द्रबिन्दुले एउटा भिडियो खिचेको छ।
यो भिडियो कोटेश्वरस्थित आकाशे पुलबाट खिचिएको हो।
विमानको दायाँ तर्फको चक्का नखुलेर समस्यामा परेको देख्न सकिन्छ।
त्यसो त काठमाडौंबाट उडान गरेको केही मिनेटमा विराटनगर ओर्लनुपर्ने यात्रुहरू दुई घन्टासम्म आकाशमै रहनु परेको थियो ।
जहाजमा समस्या आए पनि अन्ततः सकुशल रूपमा काठमाडौंमा अवतरण गर्न सफल भएको छ।
भिडियोः अनिश मिजार–उत्सव वाग्ले





























प्रतिक्रिया