इभिनिङ वाकमा हिँडेकी महिलालाई बलात्कार गर्ने ५ जना पक्राउ

इभिनिङ वाकमा हिँडेकी महिलालाई बलात्कार गर्ने ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

इटहरीमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरी-८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर बलात्कार गरेका हुन् । 

सामूहिक बलात्कारपछि उनीहरू दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद तीन हजारसमेत लुटेर फरार भएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले बताएको छ । 

पीडित महिलाको उजुरीको आधारमा प्रहरीले पिडकहरूलाई खोजतलास गरेको थियो । घटनामा संलग्न ६ मध्ये चारजना १८ वर्षमुनि रहेकाले प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न रहेका इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एकजनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी केसीले जानकारी दिए । 

उनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४  अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको छ ।

Logo