इपीएलः चितवनद्वारा भैरहवालाई १ सय ६५ रनको लक्ष्य

इपीएलः चितवनद्वारा भैरहवालाई १ सय ६५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट अन्तर्गत चितवन टाईगर्सले भैरहवा ग्लाडियटर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन जोड्यो।

चितवनको लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे। सिकुगे प्रसन्नाले २४ रनको योगदान गरे । कमलसिंह ऐरी ७ रनमा अविजित रहे।

यस्तै भिस सार्की १६, राजेश पुलामी १४, दिलिप नाथ १३, देव खनाल ५ र खडक बोहरा १ रनमा आउट भए।

भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट हात पार्दा कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक-एक विकेट लिए।

चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। भैरहवा पनि प्ले अफमा पुगिसकेको छ। भैरहवा ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

Logo