बार्यनको रवाफिलो जीत

बार्यनको रवाफिलो जीत

केन्द्रबिन्दु
0
Shares

जर्मन बुण्डेसलिगामा बायर्न म्युनिखले होफेनहेइममाथि सहज जीत हासिल गरेको छ। शनिबार राति भएको खेलमा बायर्नले  होफेनहेइमविरुद्ध ४-० को जीत निकालेको हो।

बायर्नको जीतमा रोबर्टो लेवाण्डोस्कीसँगै सेर्जी जिनाब्री, इरिक म्याक्सिम र किङस्ले कोम्यानले समान १-१ गोल गरे।

शनिवार नै भएको खेलमा बोरुसिया डर्टमण्डले नवप्रवेशी अर्मेनिया बेलेफिल्डमाथि ३-१ को जीत हासिल गरेको छ। यस्तै अन्य खेलमा आरबी लाइपजिगले ग्रुथर फोर्थमाथि ४-१ र फ्रेइबर्गले उल्फसबर्गलाई २-० ले पराजित गर्‍यो।

Logo