वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, तीन जना मन्त्रीहरूले पनि शपथ लिँदै

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, तीन जना मन्त्रीहरूले पनि शपथ लिँदै

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बिहीबार राजेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एसको वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा प्रदेश प्रमुख शर्माले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समयावधि तोकेका थिए । मुख्यमन्त्रीका दाबेदार पाण्डेले प्रदेशसभाका ५९ सदस्यको समर्थनसहित दाबी पेस गरेका थिए । 

प्रदेश प्रमुखको कार्यालयका अनुसार पाण्डेले आजै पद तथा गोपनीयताका शपथ लिने कार्यक्रम रहेको छ । पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भँडेल, नेकपा एसबाट कृष्ण खनाल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले समेत मन्त्री पदको शपथ लिने तयारी रहेको छ ।

Logo