कोप २६ मा नेपालको कुन विषय उठाउनु पर्ला ? यसो भन्छन् सरोकारवालाहरू

कोप २६ मा नेपालको कुन विषय उठाउनु पर्ला ? यसो भन्छन् सरोकारवालाहरू

केन्द्रबिन्दु
0
Shares

आगामी अक्टोबर ३१ मा हुने कोप २६ शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जन नियन्त्रण गर्न गरेको प्रयासको विषयलाई उठाउनुपर्ने सरोकारवालाहरूले बताएका छन् । 

जलवायु परिवर्तनसँग जोडिएका विश्वव्यापी मुद्धाहरु बारे छलफल गर्न आगामी अक्टोबर ३१ मा बेलायतको ग्लासगोमा कोप २६ शिखर सम्मेलन हुँदैछ । सो शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्नका लागि वन जंगललाई जोगाएर वातावरण संरक्षण गर्दै आएको विषय उठाउनुपर्ने सरोकारवालाले बताएका हुन् । 

बिहीबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले विज्ञहरूसँग राखेको छलफल कार्यक्रममा उपस्थित विज्ञहरूले सो सुझाव राखेका प्रतिष्ठानका सूचना अधिकृत सानु राजा पुरीले बताए । उनले भने– ‘हिमालका हिउँहरू पग्लिदैछ । नदीहरूको बहाव बढ्दैछ । यसले आगामी दिनमा नेपाल लगायत नेपालजस्ता अविकसित देशहरूलाई के असर पर्छ र मूल रूपमा नेपालले विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइड ग्याँसहरू छ, त्यो ग्याँसको मिनिमाइजका लागि नेपालले सामुदायिक वन कार्यक्रम अन्तर्गत वनजंगललाई जोगाएर लामो समयदेखि वातावरण संरक्षण गर्दै आएको छ । यी मुद्धाहरुपनि नेपालले उठाउनुपर्नेछ ।’

जलवायु परिवर्तनको असर नेपालमा प्रस्ट रूपले देखिन थालेको भन्दै उनले ती मुद्धाहरु उठाएर समाधानको प्रयास गर्नुपर्ने विषयमा केन्द्रित रहेर विज्ञहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।

Logo