स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर दरबार स्क्वायर क्षेत्रको भ्रमण

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर दरबार स्क्वायर क्षेत्रको भ्रमण

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वकाे २४ सदस्यीय टाेलीले भक्तपुर नगर क्षेत्रको स्थलगत अवलोकन गरेकाे छ। वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरुले बिहीबार साँझ विश्वसम्पदा सूचिकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका हुन्। 

उनीहरुले भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रदेश सभासद् सुरेन्द्ररान गोसाईले दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गरेका थिए। नगरपालिकाको टोलीले उनीहरुलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौ प्रदान गरी स्वागत गरेका हुन्।

भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गरेका छन्। नगर प्रमुख प्रजापतिले वाग्मती प्रदेशसभाका सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सो क्षेत्रको अवलोकन गराएका थिए।
    
भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरे। प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो उपहार प्रदान गरेका थिए।

Logo