नेपाल बार एसोसिएसनमा शुक्रवार मध्यान्ह दुई जना वकिलहरू कुटाकुट भएको छ ।
वकिल विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले पुष्टि गरेका छन् ।
बारमा भएको विवादका क्रममा विराट न्यौपानेले सर्वोच्च बारका अधिवक्ता भूमिनन्द चुँडा ललाई झापट हानेका थिए ।
त्यस लगत्तै प्रहरी आएपनी बार भित्रको विवाद यहीबाट मिलाउने भनिएपछि न्यौपानेले चुँडाल सँग माफी मागेसँगै विवाद समाधान भएको बताइएको छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट





























प्रतिक्रिया