विकासाेन्मुख देशलाई क्यानडाले २० करोड डोज खोप दिने

विकासाेन्मुख देशलाई क्यानडाले २० करोड डोज खोप दिने

केन्द्रबिन्दु
0
Shares

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासाेन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका छन्। कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन्।  

प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १ करोड डोज तत्काल उपलब्ध गराउने उनले बताए। 

क्यानडाले दक्षिण अफ्रिकामा खोप उत्पादन बृद्धिमा सहयोग गर्न १ करोड ५० लाख डलर सहयोगसमेत प्रदान गर्ने भएको छ। अफ्रिकामा अझै पनि आधाभन्दा बढी जनसंख्याले खोप लगाउन पाएका छैनन्। 

अगस्टमा अमेरिकी कम्पनी मोडेर्नाले देश बाहिर पहिलो पटक क्यानडामा खोप बनाउन सुरु गर्ने जनाएको थियो।एजेन्सी

Logo