प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यता विपरीत गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रक्रियामा गइसकेको मिडियासम्बन्धी विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए । 

मुख्यमन्त्री पोखरेलले भने, ‘पत्रकार जगत् पनि, नागरिक समाज हाम्रा लागि लोकतन्त्रको अपरिहार्य अंग भएकाले पूर्ण स्वतन्त्रता लोकतन्त्रमा हुनुपर्छ  भनेर हाम्रो संविधानले स्विकारी सकेको अवस्था छ । यस अवस्थामा यहाँहरूले जुन आशंका उठाउनु भएको छ, त्यो स्वाभाविक हो । यहाँ सरकार परिवर्तन भयो । त्यो विधेयक फिर्ता लिएको भए पनि हुन्थ्यो भन्ने तर्क आउँछ । त्यो विधेयक प्रक्रिया गइसकेको हुनाले त्यो विधान समितितिर गएको छ । र मैले अघि नै भनिसके–जुन सरकार तपाइहरूको कलमको सहयोगले स्थापित भएको छ । त्यो सरकारले संविधानको मूल्य र मान्यता विपरीत गएर पूर्ण स्वतन्त्रताको भावना विपरीत कुनै पनि विधेयक बनाउँदैन । ढुक्क भएर बस्नुहोला । र हामीले भनेका छौँ–तपाइहरूकै बीचमा बसेर मिडिया सम्बन्धी विधेयक परिमार्जन गर्नेछौं । गण्डकी प्रदेश सरकार यो प्रतिबद्धता व्यक्त गर्दछ ।’

मुख्यमन्त्री पोखरेलले पत्रकारहरूकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कानुन नबनाउने बताए । उनले हाम्रो संविधानले प्रेस स्वतन्त्रतालाई स्वीकार गरिसकेको हुनाले त्यस विपरीत कुनै पनि खालको काम गर्न नमिल्ने समेत स्पष्ट पारे ।

Logo