सरकारले वास्तविक सुकुम्वासीको पहिचान गर्न कार्यदल बनाउने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शशी श्रेष्ठले वास्तविक सुकुम्वासी पत्ता लगाउने बताइन् ।
'वास्तविक सुकुम्वासी पत्ता लगाउनुपर्छ । यसका लागि एउटा कार्यदल गठन गरेर जाने तयारी छ,' उनले भनिन्, कतिपयले पाइसकेको जग्गा बेचेर फेरि सुकुम्वासी बन्ने र भएको आफ्नो जग्गा बेचेर सुकुम्वासी बनेर आउने प्रवृत्ति छ । त्यसलाई नियन्त्रण गरिन्छ । वास्तविक सुकुम्वासीको तथ्यांक संकलन गरेर उचित पुनर्स्थापना गर्ने प्रयास गर्छौँ ।'
सुकुम्वासीलाई जग्गा वितरण गर्न तथा ऐलानी जग्गालाई नम्बरी बनाई लालपुर्जा वितरण गर्न सरकारले सुकुम्वासी आयोग गठन गरिसकेको छ ।
मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा विस्थापितको पुनर्स्थापनाका लागि पहल गर्ने, अन्य मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाइन् । न्युज कारखाना































प्रतिक्रिया