नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसिरहेको बैठकमा रक्षा मन्त्रि डा मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्रि डा नारायण खड्का , स्वास्थ्य मन्त्रि विरोध खतिवडा र सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।
यस्तै बैठकमा चार वटा सुरक्षा निकायका प्रमुख सहित उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको छ। जारी बैठक नेपालमा विभिन्न देशबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिक बढे पछिको सुरक्षा चुनौती, सीमा नाका व्यवस्थापन र आन्तरिक सुरक्षा योजना बारे केन्द्रित भएको बताइएको छ।































प्रतिक्रिया