प्रचण्डलाई ओलीको काउन्टर: आगामी चुनावमा चितवन नै कब्जा गर्छौं

प्रचण्डलाई ओलीको काउन्टर: आगामी चुनावमा चितवन नै कब्जा गर्छौं

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताएका छन् ।

एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले जित्ने दाबी गरे । चितवन कसैको बाउको बिर्ता नभएको ओलीको भनाइ थियो ।

'चितवनको महाधिवेशन गर्ने भन्या के थियौँ । मानिलिऊ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा । चितवनमा महाधिवेशन गर्ने कौन्सा ठूलो कुरा भयो । हामीले पहिले बुटवलमा महाधिवेशन गर्‍यौ । नेपालगन्जमा गर्‍यौ । जनकपुरमा गर्‍यौँ । किन छटपटी ?' उनले प्रश्न गरे, 'महाधिवेशन गरेर मात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौँ, महाधिवेशन गरे पनि जित्छौँ । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।'

अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गरे । 'जनताले एक पटक धोका पाए । म त धोका पाएर दुई तीन पटक भोट माग्न आए । अब जनता लाटा छैनन् झन्डै दुई तिहाइ पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरूतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यस्तो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,' उनले भने ।

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरू भण्डाफोर भएकाले जनताले अरूलाई विश्वास नगर्ने तर्क गरे ।  न्युज कारखाना

Skip This
Skip This
Logo