काेराेना अपडेटः २०२ जना संक्रमण मुक्त, ४१२ जनामा संक्रमण पुष्टि

काेराेना अपडेटः २०२ जना संक्रमण मुक्त, ४१२ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८६७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४८३ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १८ हजार ३५ र एन्टीजेनबाट ९५ हजार २२३ पुगेको छ। 

नेपालमा हाल ७ हजार ६३६ जना सक्रिय संक्रमित रहेका छन्।

Logo