टाटा मोटर्सकाे ‘एक्सचेन्ज क्याम्प’ शुक्रबारदेखि

टाटा मोटर्सकाे ‘एक्सचेन्ज क्याम्प’ शुक्रबारदेखि

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमको आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम मंसिर ३ देखि ७ गतेसम्म नेपालभरि रहेका टाटा मोटर्सको शाेरुमहरुमा आयोजना हुनेछ।

सो अवसरमा ग्राहकले टाटा मोटर्सको शाेरुममा गएर कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन ईभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्याड्ढन प्राप्त गर्न सकिनेछ। यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ।

यसका साथै फाइनान्सको सुविधा, गाडीको एसेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन्।

Logo