चितुवाको छालासहित चार जना पक्राउ

चितुवाको छालासहित चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुर्खेतको बराहाताल गाउँपालिका –५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित छाम पंचदेवल नगरपालिका– ८ का ३५ वर्षीय कमल शाही, सोही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, अछाम रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेख चामुन्डाबिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरूबाट प्रहरीले तीन वटा चितुवाको छाला बरामद गरेको छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Logo