पोखराको फेवाताल किनारमा आगलागी भएको छ। ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन्।
‘पाँच वटा रेष्टुरेण्ट पूर्णरुपमा जलेका छन्। डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन। थपिन सक्छ।’
आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। ‘आगलागीको कारण खुलेको छैन।
साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन्। करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो। विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपी कारण खुल्न सकेकाे छैन।





























प्रतिक्रिया