पर्वतारोहण संघले तीन हजार पर्यटन मजदुर र कुष्ठरोगीलाई राहत दिने

पर्वतारोहण संघले तीन हजार पर्यटन मजदुर र कुष्ठरोगीलाई राहत दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल पर्वतारोहण संघले कोभिड–१९ बाट प्रभावित र कुष्ठरोगीका लागि राहत दिने भएको छ । संघमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रूपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदुरलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले बताएका छन् ।

राहतका लागि संघलाई जापानको निप्पोन फाउण्डेसनले सहयोग गरेको छ । निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर (झन्डै दुई करोड ५० लाख) दिने सहमति भएको छ । संघमा करिब ११ हजार मजदुर आवद्ध छन् । मजदुरलाई चामल, दाल, नुन, तेल, चिनी उपलब्ध गराइने लामाले बताए ।

संघले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमा स्वास्थ्य सामग्री वितरण गर्ने बताएको छ । त्यस्तै पाँच सय पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिन्डर समेत दिइने जनाइएको छ ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पर्वतारोहण संघले सुरु गर्न लागेको कार्यक्रमको प्रशंसा गरे । उनले विदेशी पर्यटकले धानेको पर्यटन उद्योग ठप्प रहेको अवस्थामा पर्यटन क्षेत्रको विकासका लागि सरकारले गम्भीर ध्यान दिएको बताए ।

Logo