काठमाडौं उपत्यकामा आज ९३ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ५५, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।
देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ८३६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार १७२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५६९ जना रहेको छ।
आज ३४७ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ३ हजार ७१६ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ। पछिल्लो २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन। अहिले मृत्युदर १.४ प्रतिशत छ।
त्यसैगरी पछिल्लो समय १ लाख ७५ हजार ५६७ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ।





























प्रतिक्रिया