एसियाली यूथ पारा गेम्सः प्रकाशको मिश्रित प्रदर्शन

एसियाली यूथ पारा गेम्सः प्रकाशको मिश्रित प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नेपाली खेलाडी प्रकाश अधिकारीले बहराइनको मानामामा जारी एसियाली यूथ पारा गेम्सको ब्याडमिन्टनमा मिश्रित प्रदर्शन गरेका छन्। 

चार राष्ट्रका खेलाडी सम्मिलित समूह ‘सी’ को खेलमा प्रकाशले एक खेल जित्दा एक खेलमा हार ब्यहोरेका हुन्। 

एसएल–४ क्याटगोरीअन्तर्गत पुरुष सिंगल्सको पहिलो खेलमा इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमले प्रकाशलाई २१–१५ र २१–९ को सोझो सेटमा पराजित गरे। दोस्रोमा प्रकाशले भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ को सीधा सेटमा हराए।

अब लिगको अन्तिम खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीविरुद्ध खेल्ने अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्। 

गेम्समा तेक्वान्दोका ३ खेलाडी पनि सहभागी छन्। ब्याडमिन्टनमा नेपालबाट सहभागी प्रकाश एक्लो हुन्। उद्घाटनको मार्च पास्टमा पारा ओलम्पियन तेक्वान्दोकी पलेसा गोवर्द्धनले नेपालको झण्डा बोकेकी थिइन्। गेम्स डिसेम्बर ६ तारिखसम्म चल्ने छ।

Logo