नाडामा स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट ५० प्रतिशत उम्मेद्वार, ७० प्रतिशत मतदाता

नाडामा स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट ५० प्रतिशत उम्मेद्वार, ७० प्रतिशत मतदाता

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालकाे नयाँ नेतृत्वका मंसिर २३ गते मतदान हुँदैछ। जसमा देशभरका ३ हजार १ सय सदस्यले सहभागिता जनाउने भएका छन्। अध्यक्षमा प्रतिश्पर्धी करण चौधरी र ध्रुव थापाले छुट्टाछुट्टै प्यानल दर्ता गरेका छन्। 

नाडालाई प्रदेशस्तरमा समेत विस्तार गरिएका कारण याे पटक अघिल्ला अधिवेशनको तुलनामा झन्डै ४ गुना हाराहारी सदस्य थप भएका छन् । जसमा ७० प्रतिशतभन्दा बढी स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट प्रतिनिधित्व भएको छ। बाँकी ३० प्रतिशत सवारीसाधन आयातकर्ता र बिक्रेताको छ।

नेतृत्चका दाबेदार करण चौधरी र ध्रुव थापाले आ–आफ्नो प्यानलमा यो क्षेत्र सम्बद्ध व्यवसायीलाई प्राथमिकताका साथ समेटेका छन्।

थापाको प्यानलबाट उम्मेद्वारी दिएका दिपेन्द्र कुमार मिश्रा, सगुन बिर सिं कंशाकार, रिद्धि कार्की, प्रकाश सिग्देल, नारायण प्रसाद पौडेल, नवराज भुसाल, सञ्जयकुमार खेतान, अमरज्योति रञ्जित र प्रदिपमान प्रधान यो क्षेत्र सम्वद्ध व्यवसायमा संलग्न रहँदै आएका छन्। जसमध्ये प्रदिपमान प्रधानले नेपाली बजारमा एटिएस एल्गि ब्रान्डको ग्यारेज उपकरण आयात गरी कारोबार गर्दै आइरहेका छन्। यो प्यानलमा सामेल मध्ये कोही पनि हालको कार्यसमितिमा पदाधिकारी तथा कार्यसमिति सदस्य छैनन् । 

त्यसैगरी चौधरीको प्यानलमा कार्यसमिति सदस्यका लागि उम्मेद्वारी दिएका सुनिल रिजाल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, पंकज अग्रवाल, निलमणी पाठक, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, टायर, ब्याट्री र लुब्रिकेन्ट्स व्यवसायमा आबद्ध छन्। जसमध्ये रिजाल, उप्रेती र सिंघानिया हालको कार्यसमितिमा पदाधिकारी तथा पंकज अग्रवाल र निलमणी पाठक कार्यसमिति सदस्य समेत छन्। उनको यो प्यानलमा ९ जनाले यो क्षेत्रबाट उम्मेद्वारी दिएका हुन्।

प्रतिनिधिको ठूलो हिस्सा स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट भएका कारण पनि यसपालीको नेतृत्व तथा कार्यसमितिमा यसैले जित हात पार्छ भनेर अनुमान लगाउन कठिन देखिएको छ। नाडामा अध्यक्षसहित १८ जनाको कार्यसमिति अधिवेशनबाट चयन हुने व्यवस्था गरिएको छ।

Logo