नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिइन् । प्रवक्ता कौशलका अनुसार संक्रमण पुष्टि हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् ।
ओमिक्रोन पुष्टि भएसँगै उनलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमितको सम्पर्कमा रहेकाहरूको कनट्र्याक्ट ट्रेसिङ भइरहेको बताइएको छ ।
नेपालमा यसअघि पनि दुई जनामा ओमिक्रोन पुष्टि भएको थियो भने दुवै जना संक्रमणमुक्त भइसकेका छन् ।





























प्रतिक्रिया