सरकारले नीजि क्षेत्रका समस्या समाधान गर्न तदारुकता देखाएनः शेखर गोल्छा

सरकारले नीजि क्षेत्रका समस्या समाधान गर्न तदारुकता देखाएनः शेखर गोल्छा

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले सरकारले नीजि क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन्।

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सबै नेताहरुले नीजि क्षेत्रको सहभागिता विना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाएका हुन्। 

अध्यक्ष गोल्छाले महासंघले तयार पारेको भिजन पेपरमा नीजि क्षेत्रसँग सम्बन्धित एक सय वटा समस्याहरु पहिचान भएको बताउँदै ती समस्या समाधान भए मुलुकभित्र लगानीको वातावरण बन्ने पनि दावी गरे। उनले भिजन पेपरमा पहिचान भएका समस्या मध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरि अगाडि बढाएको बताए। अध्यक्ष गोल्छाले ४४ वटा समस्या मध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको बताए।

महासंघका अध्यक्ष गोल्छाले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभावका कारण लयमा फर्किन थालेको अर्थतन्त्र पूनः सुस्ताउँदै गएकाले चिन्ता बढेको बताए। अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत जानकारी दिए। 

यस्तै, उनले कोरोनाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजिकरण गर्ने भन्ने बारे अर्थ मन्त्रालयलाई आग्रह गरिएकोसमेत बताए।

Logo