आज वर्षा र हिमपातकाे सम्भावना, बुधबार देशभर पानी पर्ने

आज वर्षा र हिमपातकाे सम्भावना, बुधबार देशभर पानी पर्ने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा  पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव रहेको  छ। दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

Logo