इंग्लिस प्रिमियर लिग: रोनाल्डोको गोल, युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिग: रोनाल्डोको गोल, युनाइटेडको सहज जित

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेकाे छ। युनाइटेड बर्नलीलाई ३-१ गाेल अन्तरले हराउँदै शीर्ष ६ मा उक्लिएको हाे।

स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे। २७औँ  बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो। 

रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन। 

 युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ। 

कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय  खेल भने स्थगित भएको थियो।

Logo