सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहान प्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ।

दिउँसो देशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। 

सुदूरपश्चिम, कर्णाली  तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि आँकलन गरिएकाे छ।

राति प्रदेश १, बाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ।

Logo