आर्सनल र लिभरपुलकाे खेल गाेलरहित बराबरीमा

आर्सनल र लिभरपुलकाे खेल गाेलरहित बराबरीमा

केन्द्रबिन्दु
0
Shares

१० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ। 

बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो। 

अब, अर्काे लेग आर्सनल मैदानमा हुनेछ। जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ। चेल्सीले टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ। 

Logo