सधैं समस्यामा सवारी चालकहरू, ६ लाख सेवाग्राहीले कहिले पाउँछन् स्मार्ट कार्ड?

सधैं समस्यामा सवारी चालकहरू, ६ लाख सेवाग्राहीले कहिले पाउँछन् स्मार्ट कार्ड?

केन्द्रबिन्दु
0
Shares

देशमा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को समस्यामा थुप्रै सवारी चालक छन् । नयाँ र पुराना गरि करिब ६ लाख सेवाग्राही यसको पर्खाइमा रहेको बताइन्छ।

लाइसेन्सको लागि प्रक्रिया पुरा गरेका ६ लाख सेवाग्राही भएको र करिब १ लाख १५ हजार लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ। विभिन्न कठिनाईका कारण भनेकै समयमा स्मार्ट लाइसेन्स प्रदान गर्न नसकिने बाध्यता रहेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। उनका अनुसार प्रदेश मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयमा जनशक्ति र प्रविधिको प्रयोग नबढेसम्म प्रक्रिया पूरा गरे पनि तुरुन्त लाइसेन्स दिन सक्ने अवस्था भने छैन ।

घिमिरेका अनुसार विदेश जाने र अति जरुरी परेकालाई चाँडो लाइसेन्स प्रिन्ट गरेर दिनुपर्ने कारण त्यसको पनि लोड परेको हुँदा एक सिफ्ट यसका लागि छुट्याइएको छ । हाल यस्ता सेवाग्राहीले एक हप्ता पश्चात लाइसेन्स पाउने व्यवस्था छ।

मेसिनले एक घण्टामा ४ सय ५० वटा कार्ड छाप्न सक्छ। देशभर २१ वटा यातायात व्यवस्था कार्यालय छन्। काठमाडौंमा रहेका ४ वटा यातायात व्यवस्था कार्यालयमा प्रिन्ट भएको लाइसेन्स पठाइसकिएको विभागका सूचना अधिकारी तथा निर्देशक लोकनाथ भुसालले जानकारी दिए।

Logo