आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ १७ पैसा र बिक्री दर १३६ रुपैयाँ ८५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५९ पैसा र बिक्री दर ८५ रुपैयाँ एक पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ आठ  पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६  पैसा र बिक्री दर १० रुपैयाँ ४१  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५  पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ।

Logo