चितवनमा बर्डफ्लू संक्रमण पुष्टि

चितवनमा बर्डफ्लू संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ। फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि कुखुराको नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो।

फर्मको कुखुरा मर्न थालेपछि २५ माघमा नमुना संकलन गरि काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो। 

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन्।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको प्रजिअ तामाङले बताए।

फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र पर्मको वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका  छन्। उक्त फर्म स्थानीय किसान सोमनाथ चौधरीको हो।

फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन समय कुखुरा रोगका कारण मरिसकेको चौधरीले बताएका छन्।

Logo