खुल्ला बास्केटबल प्रतियोगिता, रोयल उपाधि नजिक

खुल्ला बास्केटबल प्रतियोगिता, रोयल उपाधि नजिक

केन्द्रबिन्दु
0
Shares

रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुल्ला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ। पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शतप्रतिशत जित आत्मासात् गर्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो अन्तिम लिगमा रोयलले रुपन्देहीलाई ८६–४० को फराकिलो अन्तरले पराजित गर्‍यो। रोयलकी मनता गुरुङले १६ अंक जोडिन् । रुपन्देहीकी दीपिका गुरुङले १४ स्कोर गरिन्। त्यसअघिका लिगमा रोयलले ललितपुर हाइ, नेपाल प्रहरी क्लब र कीर्तिपुर नगरपालिकालाई हराएको थियो।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोयल र नेपाल आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

पहिलो क्वाटरफाइनलमा रोयलले कीर्तिपुर नगरपालिकालाई ७०–६४ ले पाखा लगायो। रोयलका निकेश मगर र कीर्तिपुरका सुरज खड्गीले समान १६ स्कोर गरे। दोश्रो सेमिफाइनलमा आर्मीले क्याम्पियन सोलोमाथि ७८–५६ को जित निकाल्यो। आर्मीका लागि सौरव श्रेष्ठले २३ अंक जोडे। क्याम्पियनका जसाङ सुनुवारले १२ स्कोर गरे।

Logo