मंगलबारदेखि नेपाली बजारमा हुन्डाई गाडीको मूल्य बढ्ने भएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सामाजिक सञ्जालमार्फत यसकाे जानकारी दिएको छ ।
यस अघि पहिले गाडी बुकिङ गर्नेहरुले भने पुरानै मूल्यमा गाडी पाउने पनि कम्पनिले जनाएकाे छ। कुन मोडलका गाडीको मूल्य कति बढ्ने भन्ने बारे अहिले जानकारी भने दिइएको छैन। यद्यपि नेपाली बजारमा उपलब्ध हुन्डाईका इलेक्ट्रिक कारको मूल्य भने नबढ्ने अनुमान गरिएको छ।





























प्रतिक्रिया