च्याम्पियनसिप टोली पिटर्सबर्ग युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १-१ गोल गरे।
राति नै भएको अर्काे खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १-० अन्तरले पराजित हुँदै टोटेनहम एफए कपको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ।
टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। अर्काे खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो।





























प्रतिक्रिया