माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, के-के छन् एजेण्डा ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, के-के छन् एजेण्डा ?

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ। माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रकाे आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनकाे अधिकार केन्द्रीय कमिटीलाई दिएकाे थियाे। माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेकाे छ।

अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए। माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ।

Logo