दोस्रो अभ्यासमा पनि नेपालको जित

दोस्रो अभ्यासमा पनि नेपालको जित

केन्द्रबिन्दु
0
Shares

श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ। नेपालले मंगलबार श्रीलंका नेभी क्लबविरुद्ध ८१ रनको जित निकालेकाे हाे। 

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याउने क्रममा नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अलआउट भयो । सामान्य सुरुवात गरेको नेभीका ब्याट्सम्यान नेपाली बलरसामु निरिह बने । नेपालका लागि पवन सरार्फले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलको नाममा एक एक विकेट रह्यो।

यसअघि नेपाल भने ४३.४ ओभरमा १९६ रनमा अलआउट भएको थियो। दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाएको नेपालको इनिङ्समा भिम सार्कीले २८, विवेक यादवले २६, पवन सर्राफले २२ र सन्दीप लामिछानेले नटआउट १४ रन बनाएका थिए। नेपालका अनुभवी व्याट्सम्यानहरु विनोद भण्डारी २ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए। कुशल भुर्तेल ३, रोहित पौडेल ८ र विक्रम सोब १ रनमा पवेलियन फर्के। नेपालले २० रन अतिरिक्त उपहार पाएको थियो।  

पहिलो अभ्यास खेलमा भने नेपाल सोमबार १११ रनले विजयी भएको थियो ।

फाइल फाेटाे

Logo