सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि प्रदान

सञ्चार उद्यमी पोखरेललाई मानार्थ विद्यावारिधि प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तर्राष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह गरेवापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।

वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष पोखरेललाई शनिबार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधि प्रदान गरिएको हो ।

पोखरेल सिइओ क्लब ग्लोबलका एशिया क्षेत्र हेर्ने सिइओका साथै बिजनेस टेलिभिजन लगायत संस्थाको व्यवस्थापनमा संलग्न हुन् ।

Logo