राष्ट्र उत्थानको आईपीओ नेप्सेमा सूचीकृत

राष्ट्र उत्थानको आईपीओ नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
0
Shares

राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर आईपीओ बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको २६ लाख कित्ता आईपीओ आज सूचीकृत भएको हो।

कम्पनीले ८ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन तथा विक्री खुला गरेको र १७ लाख ५० हजार कित्ता शेयर संस्थापकहरुको लगानी गरेकोसहित गरेर कुल २६ लाख कित्ता शेयर सूचीकृत गराएको हो ।

नेप्सेमा उक्त कम्पनीको शेयर पहिलो कारोबारको लागि प्रतिकित्ता १६७ दशमलव ४३ रुपैयाँदेखि ५०२ दशलमव २९ रुपैयाँ तोकेको छ। 

अब कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ।

Logo