नागरिकता विधेयक पास गर्न सरकारलाई सांसदहरूकाे सुझाव

नागरिकता विधेयक पास गर्न सरकारलाई सांसदहरूकाे सुझाव

केन्द्रबिन्दु
0
Shares

सांसदहरुले नागरिकले सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने गरि राष्ट्रिय सहमतिका साथ संसदमा विचाराधिन नागरिकता विधेयक पास गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका छन् । 

नागरिकको पहिचानसँग जोडिएको विषय भएकाले विधेयक लामोे समयसम्म सदनमा अड्काएर राख्न नमिल्ने तर्फ पनि उनीहरुले गरेका छन्। 

छलफलमा सहभागी सांसदहरुले नागरिकताको विषय राजनैतिक रुपमा आमसहमति बन्नुपर्ने आवश्यकता तर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नागरिकता सम्बन्धी विधेयकका सम्बन्धमा जबरजस्त अस्पष्टता ल्याउने प्रयास नगर्न आग्रह गरे। 

उनले संविधान अनुसार नै सम्बन्धित समितिले आवश्यक प्रक्रिया पुरा गरि प्रतिवेदन पेश गरिसकेकाले त्यसबारे थप छलफलको आवश्यकता नरहेको तर्क गरे। उनले सिमान्तकृत लगायत विभिन्न बर्ग र समुदायलाई थप अधिकार दिन सकिने बारे छलफल गर्न सकिने भएपनि संविधानले दिएको गरेको भन्दा बाहिर गएर निर्णय गर्न नसकिने बताए । 

उनले नागरिकता विधेयक पास नगर्न निर्वाचन क्षेत्रमा जान सक्ने अवस्था नरहेको गुनासो पनि गरे । उनले भने, ‘संविधान र समितिको प्रतिवेदनको आधारमा दुईवटा चीजको निकास खुलोस् तत्काल । आज पनि निर्वाचन क्षेत्रमा गईसकेपछि तीनका सन्तान भेट्यो भने कतै भाग्ने हो कि भन्ने अवस्था आइसक्यो। त्यो बच्चा त्यही जन्मिएको छ । उसको बाबु आमा दुवैसँग नेपाली नागरिकता छ। अनि हामीचाहीँ अझै पनि कार्यविधि बनाउनुपर्ला।’ 

उनका अनुसार सिधा सिधा अब ऐन बनेपछि सिधै नागरिकता पाउने गरि जे जे विधि लेख्नुपर्ने हो त्यो लेख्ने गरि प्रबन्ध मिलाउन उनको आग्रह छ।  

Logo